Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पोखरा महानगरले चैते धानको बीउ अनुदानमा दिँदै

पोखरा महानगरले चैते धानको बीउ अनुदानमा दिँदै


  • 1.1K
    Shares

    • images
    पोखरा महानगरले चैते धानको बीउ अनुदानमा दिँदै

    काठमाडौं । पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बीउ अनुदानमा उपलब्ध गराएको छ ।

    महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । 

    चैते धान खेतीतर्फ कृषकहरूको आकर्षण बढाउने उद्देश्यका साथ विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आइएको बताउँदै उनले यस वर्ष पनि प्रतिरोपनी रु ५ सयका दरले प्रोत्साहन रकम उपलब्ध गराइने जानकारी दिए । 

    महानगरपालिकाअन्तर्गत वडा नम्बर २६, २७, १४, १५ लगायतका वडामा कृषकले चैते धान खेती गर्दै आएका छन् ।  

     

     

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - १३:३३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij