२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । पियोर इनर्जी लिमिटेडले सर्वसाधारणको लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । बिक्री प्रबन्धकमा काम नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
कम्पनीले चैत २८ गतेदेखि ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा निष्कासन गर्ने हो । न्यूनतम १० कित्तादेखि १ लाख कित्ताको लागि आवेदन दिन पाइने छ ।
आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिने भएको छ । आइपीओको लागि इच्छुक लगानिकर्ताले वैशाख २ गतेसम्म आवेदन दिन सकिने छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij