Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

राजनीति

सात दलीय मोर्चा घोषणा हुँदै

सात दलीय मोर्चा घोषणा हुँदै


  • 2.4K
    Shares

    सात दलीय मोर्चा घोषणा हुँदै

    काठमाडौं । मधेस केन्द्रित दलहरूले भोली बिहीबार थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा  संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । घोषणा हुने मोर्चामा सात दल रहने बताइएको छ । 

    मधेस केन्द्रित सात दलमा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा छन्। यी सातै पार्टीका अध्यक्षहरूको उपस्थितिमा मोर्चा घोषणा गर्न लागिएको हो।

    यसअघि माघ १८ गते सात दलले मोर्चाबन्दीका लागि कार्यदल गठन गरेका थिए। सरकारले संविधान संशोधनको चर्चा गरेसँगै मधेस केन्द्रित दलहरू पुरानो मधेसी मोर्चा ब्युँताउने प्रयासमा गरेका हुन्। 

    राष्ट्रिय मुक्ति पार्टीका केशव झाका अनुसार कार्यदलले राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको छ। 

    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - १५:१३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij