२०८२ भाद्र २ गते सोमवार
वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैते दशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
कर्णालीमा चैतेदशैँलाई अन्य चाडपर्व झैँ उत्सवका साथ मनाउने गरिन्छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशअन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा लागू हुने जनाएको छ । प्रदेश सरकारले चैते दशैँका अतिरिक्त धान दिवस, प्रदेश शहीद दिवसमा पनि सार्वजनिक बिदा दिँदै आएको छ । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij