Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

जेठ २३ गते नेपालमा पहिलो पटक विश्वस्तरीय दौड सम्मेलन हुँदै

जेठ २३ गते नेपालमा पहिलो पटक विश्वस्तरीय दौड सम्मेलन हुँदै


  • 1.5K
    Shares

    जेठ २३ गते नेपालमा पहिलो पटक विश्वस्तरीय दौड सम्मेलन हुँदै

    काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन, ‘नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स,’ जेठ २३ गते, २०८२ मा काठमाडौंमा आयोजना हुँदैछ। 

    यो कन्फ्रेन्स विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)’ सँगको सहकार्यमा रेस नेपाल र नेपालगन्ज म्याराथनले संयुक्त रूपमा आयोजना गर्न लागेको हो।

    यो सम्मेलनले नेपालको रनिङ समुदायलाई एशियाली मुलुकका रनिङ समुदायसँग जोड्ने, अनुभव आदान-प्रदान गर्ने र खेलकुद विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

    नेपालगन्ज म्याराथनका संस्थापक तथा एम्सका लागि नेपालका दूत टीएस ठकुरीका अनुसार, यो कन्फ्रेन्स परम्परागत रनिङ विधालाई उकास्दै समग्र नेपाली खेलकुदको विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ। उनले यो दक्षिण एशियामै पहिलो यस्तो कन्फ्रेन्स हुने दाबी गरेका छन्।

    कन्फ्रेन्समा चारवटा मुख्य सेसन हुनेछन्
    १. एम्सका प्रेसिडेन्ट पाको बोराओसँग विशेष साक्षात्कार: पाको विश्वप्रसिद्ध भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन्।
    २. सामाजिक आन्दोलन र सामाजिक परिघटनाका रूपमा म्याराथनस् विश्वप्रतिष्ठित म्याराथनका व्यक्तित्वहरूले विद्वत् प्रवचन दिनेछन्।
    ३. खेलकुद र पर्यटनस् आर्थिक र सांस्कृतिक सम्भावनाको ढोका खोल्दैस् खेलकुद र पर्यटनबीचको सम्बन्धलाई जोड दिइनेछ।
    ४. दिगो भविष्यका लागि दौडस् स्वास्थ्य, शिक्षा, जलवायु कार्य र विश्वव्यापी एकताको प्रवद्र्धनमा केन्द्रित हुनेछ।

    प्रत्येक सेसनमा दुई विदेशी र दुई नेपाली गरी चार वक्ता र एक सहजकर्ता रहनेछन्। आयोजकका अनुसार वक्ता र सहजकर्ताको टुंगो चाँडै लाग्नेछ। कन्फ्रेन्समा युरोप, अमेरिका, जापान, थाइल्याण्ड, मलेसिया, भियतनाम, इन्डोनेसिया, सिंगापुरलगायत दक्षिण एशियाली राष्ट्रहरूबाट दुई दर्जनभन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन्।

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - ११:२४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij