Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

विश्व बैंकले पुल सुधार कार्यक्रमको लागि २० अर्ब ४० करोड प्रदान गर्दै

विश्व बैंकले पुल सुधार कार्यक्रमको लागि २० अर्ब ४० करोड प्रदान गर्दै


  • 1.3K
    Shares

    विश्व बैंकले पुल सुधार कार्यक्रमको लागि २० अर्ब ४० करोड प्रदान गर्दै
    images

    काठमाडौं ।  तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न विश्व बैंकले २० अर्ब ४० करोड प्रदान गर्ने भएको छ । 

    सहायता रकम नेपालको रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरूको मर्मत तथा सबलीकरणको निम्ति स्वीकृत गरिएको वासिङ्टन डिसीस्थित विश्व बैंकको प्रधानकार्यालयले जानकारी दिएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आज स्वीकृत गरेको छ ।

    नेपालको पुल प्रणालीले दुर्गम र सहरी समुदायको जीवन यापन तथाआधारभूत सेवाहरूमा जोड्न महत्वपूर्ण भूमिको निर्वाह गर्दै आएको तथा बाढी, पहिरो र भूकम्पलगायत प्राकृतिक एवं जलवायुजन्य जोखिमले पुलजस्ता पूर्वाधारमा गम्भीर असर गर्ने भएकाले तिनको सबलीकरणका निम्ति वित्तीय सहयोगको प्याकेज स्वीकृत गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १०:३७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij