२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आज बिहान काठमाडौंको माइतीघर मण्डलामा नागरिक समाजले लोकतन्त्र, मानव अधिकार र शान्तिको पक्षमा अभिमत प्रकट गर्दै अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै धर्ना बसेको छ ।
धर्ना कार्यक्रममा गैरसरकारी संस्था महासङ्घको अध्यक्ष एवं वृहत् नागरिक धर्ना अभियानका संयोजक अर्जुन भट्टराईले नेपाली जनतालाई जागृत, सशक्त हुन र लोकतन्त्रको पक्षमा उभिन आग्रह गरेका छन् । लोकतन्त्रमा लागेको घुन पुतलीलाई निमिट्यान्न पार्नुपर्ने बताएका हुन ।
लोकतन्त्रमानव अधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गरौ , अराजकता र हिंसालाई निरुत्साहित गरौं, जनताको सुरक्षामा कुनै सम्झौता नगर लगायतका प्लेकार्ड र नारा लगाइ धर्ना दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij