Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शेयर बजारमा उछाल, ४१ अंक बढ्दा ५ अर्ब बढीको कारोबार

शेयर बजारमा उछाल, ४१ अंक बढ्दा ५ अर्ब बढीको कारोबार


  • 1.5K
    Shares

    • images
    शेयर बजारमा उछाल, ४१ अंक बढ्दा ५ अर्ब बढीको कारोबार

    काठमाडौं ।  साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१.६७ अंकले बढेको छ ।

    बुधबारको तुलनामा १.५८ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ६ सय ६३.५४ विन्दुमा उक्लेर बन्द भएको छ । बुधबार ३९ अंकले बढेको नेप्सेले बिहीबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।

    उक्त दिन कारोबारमा आएकामध्ये २२७ कम्पनीको सेयर मूल्य बढ्यो भने १६ वटाको घट्यो ।

    कुल ५५ हजार ४ सय ४२ पटकको कारोबारमा ९७ लाख ७२ हजार १ सय ९६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब २२ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो ।

    उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्सेको उच्च वृद्धिमा टेवा पुगेको हो ।

    प्रकाशित मिति :चैत्र १४ २०८१ बिहिवार - १५:२६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij