Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भ्रष्टाचार मुद्दामा दोषी भई भागेका विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ

भ्रष्टाचार मुद्दामा दोषी भई भागेका विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ


  • 1.3K
    Shares

    • images
    भ्रष्टाचार मुद्दामा दोषी भई भागेका विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेतीलाई पक्राउ गरेको छ।

    उनी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए। ६५ वर्षीय उप्रेतीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो।

    सो क्रममा उनीविरुद्ध दायर मुद्दामा सर्वोच्चले गत मंसिर १२ गते २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो। 

    तर उनी त्यसपछि फरार रहेकामा आइतबार काठमाडौंको वनस्थलीबाट पक्राउ परेका हुन्। उनलाई आज फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको र अदालतबाट डिल्लीबजार  कारागारमा चलान भएको सीआईबीले जनाएको छ।  

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - १४:०९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij