२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आगामी वैशाख ३ गते साधारण सभा बस्ने निर्णय गरेको छ।
साधारण सभाले सञ्चालक समितिको अध्यक्षले वार्षिक प्रतिवेदनको सहित आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्मको लेखापरीक्षकको प्रतिवेदन नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायतको वित्तीय विवरणहरूस्वीकृत गर्ने भएको छ। उक्त सभामा सञ्चालक समितिले स्वीकृत गरेको पुँजी वृद्धिको योजनालाई अनुमोदन गर्ने छ भने कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा समयानुकूल संशोधन कार्य गर्ने भएको छ।
महालेखा परीक्षकको कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएको सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति अनुमोदन गर्ने कम्पनीले जानकारी दिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij