Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

चैत्र ११ गते सोमवार, यस्तो छ तपाईँको राशिफल

चैत्र ११ गते सोमवार, यस्तो छ तपाईँको राशिफल


  • 2.5K
    Shares

    चैत्र ११ गते सोमवार, यस्तो छ तपाईँको राशिफल

    मेष : शुभ समय भएकाले पैसा प्राप्ति, परिवारमा मिष्ठान्न भोजनको अवसर मिल्ने देखिन्छ ।

    वृष: समय उत्तम फलदायक छ । गरेको काम सफल, स्वास्थ्य तन्दुरुस्त, रोमान्टिक यात्रा होला ।

    मिथुन: दिन अनुकूल नभएकाले सजग रहनु बेस । राज्यका तर्फबाट डर, प्रतिष्ठामा कमी आउला ।

    कर्कट: समय शुभ देखिँदैन । सामान्य रोगले समाउला, बढी खर्च, काममा बाधा नहोला भन्न सकिन्न ।

    सिंह: दिन उत्तम फलदायक छ । धन प्राप्ति, अधुरा काम पूरा हुने, मान–सम्मान पाइने देखिन्छ ।

    कन्या: समय शुभ भएकाले केही रकम प्राप्ति, प्रतिस्पर्धीमाथि विजय, सुख–शान्ति हुने देखिन्छ ।

    तुला: समय अनुकूल छैन । काममा बढी मेहनत, वाथजन्य रोगको सम्भावना, अधिक खर्च होला ।

    वृश्चिक: झाडा–पखालाको सम्भावना, विवादमा फसिएला, विनाउपलब्धिको परिश्रम हुन सक्छ ।

    धनु: समय बलवान् छ । आर्थिक लाभ, मान–सम्मान, पढाइ–लेखाइमा सफलता, लाभ होला ।

    मकर: समय शुभ नहुँदा धन र समयको नोक्सानी, चिन्ता, सामान्य टाउको दुख्न सक्ने देखिन्छ ।

    कुम्भ: शुभ समयले गर्दा मिष्ठान्न भोजन, खाद्यपदार्थ–उपहार प्राप्तिको सम्भावना देखिन्छ ।

    मीन: दिन शुभ देखिँदैन । आर्थिक नोक्सानी, अस्वस्थता, विवाद हुन सक्छ । सजग रहनुहोला ।

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - ०१:००:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij