२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको संस्थापक तथा कर्मचारीहरूलाई बाँडफाँट गरिएको सेयरहरूको लक इन अवधि २०८२ बैशाख ८ गते समाप्त हुने भएको छ ।
लघुवित्तको अनुसार संस्थापकतर्फ ४ लाख २० हजार कित्ता र कर्मचारीहरूको ३ हजार २८१ कित्ता सेयरको लकइन अवधि सकिन लागेको छ ।
साधारण सेयर सार्वजनिक निष्काशन गरी बाँडफाँट गरिएको मितिदेखि ३ वर्षसम्म कर्मचारीहरूलाई बाँडफाँड गरिएको सेयर र संस्थापक सेयर लक इनमा राख्नु पर्ने व्यवस्था रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij