Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

लेबनानमाथि इजरायलले गर्‍यो हवाई आक्रमण

लेबनानमाथि इजरायलले गर्‍यो हवाई आक्रमण


  • 1.5K
    Shares

    लेबनानमाथि इजरायलले गर्‍यो हवाई आक्रमण
    images

     बेरुत । इजरायलले लेबनानमाथि हवाई आक्रमण गरेको छ । लेबनानबाट इजरायलमाथि केही रकेट हमला भएपछि प्रतिकारमा उसले पनि यस्तो आक्रमण गरेको हो ।

    आफूले दक्षिणी लेबनानमा रहेको दर्जनौँ रकेट लन्चर र इरान समर्थित हिजबुल्लाहको कमान्ड सेन्टरलाई निशाना बनाएको इजरायली सेनाले बताएको छ ।

    इजरायली आक्रमणमा बालबालिकासहित ७ जनाको मृत्यु भएको र ४० जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानमा हिजबुल्लाह र प्यालेस्टिनी गुटहरू सहित धेरै सशस्त्र समूहहरू सक्रिय छन् ।

    तर इजरायलमा प्रहार गरिएका रकेटहरूको जिम्मेवारी कसैले पनि लिएको छैन । इजरायलले गाजामा हेजबुल्लाहको सहयोगी हमास विरुद्ध आक्रमण तीव्र पारेको केही दिनपछि शनिबार लेबनानबाट रकेट आक्रमण भएको हो ।

    इजरायली शहर मेतुलामा प्रहार गरिएका तीनवटा रकेटहरूलाई रोकेको र आक्रमणमा कुनै हताहत नभएको इजरायली सेनाले उत्तरी बताएको छ ।  यी आक्रमणहरूबाट आफूलाई टाढा राखेको र यसमा आफ्नो कुनै भूमिका नभएको हिजबुल्लाहले भनेको छ । आफू युद्धविरामप्रति प्रतिबद्ध रहेको समूहको भनाई छ ।

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १०:४८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij