Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न नेपाल बीमा प्राधिकरणको निर्देशन

‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न नेपाल बीमा प्राधिकरणको निर्देशन


  • 1.0K
    Shares

    ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न नेपाल बीमा प्राधिकरणको निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन र्बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ ।

    लगानी व्यवस्थापन गर्नको लागि लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी लगानी व्यवस्थापन इकाई’ स्थापना गरी ७ दिनभित्र प्राधिकरणलाई जानकारी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिइएको छ । 

    बीमा कम्पनीहरूले लगानी सम्बन्धी व्यवस्थाको कार्यान्वयन गरिसकेको भए ७ दिनभित्र जानकारी दिन सबै बीमा कम्पनीहरू लघुबीमा व्यवसाय गर्ने लघुबीमा कम्पनीहरूलाई लगानी व्यवस्थापन कार्यको लागि सोसम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीलाई जिम्मेवारी दिई ७ दिनभित्र प्राधिकरणमा जानकारी दिन समेत प्राधिकरणले निर्देशन दिएको छ ।

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - १३:५५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij