Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पुल्चोक क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ निर्वाचित

पुल्चोक क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ निर्वाचित


  • 1.7K
    Shares

    • images
    पुल्चोक क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ निर्वाचित

    काठमाडौं - पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् ।

    उनी १ हजा १ सय २ मतसहित विजयी भएको सहायक क्याम्प प्रमुख राम एकवाल यादवले जानकारी दिए ।

    उनका अनुसार प्रतिद्वन्दी माओवादी निकट विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्सालले ७१० मत ल्याएका छन् । स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत श्रेष्ठ निर्वाचित भएका हुन् ।

    विद्यार्थीको प्रतिनिधि विद्यार्थी हुनुपर्ने दलबाट हुन नहुने भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको थिए । विद्यार्थीको प्रतिनिधि दलको हुनुपर्छ भन्ने भाष्य तोड्नुपर्ने बताएका थिए । श्रेष्ठ १६ बुँदे योजना बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।

    सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १०६४ मत ल्याएर निर्वाचित भएका छन् । कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकालले १०४२ मत ल्याएर निर्वाचित भएका छन् । पुल्चोकमा ३ हजार ८०७ जना मतदाता थिए ।

    यसअघि २०७९ मा भएको चुनावमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका विराज अर्यालले चुनाव जितेका थिए ।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १९:५८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij