Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

गाजामा इजरायलले फेरि थाल्यो भीषण आक्रमण, एकैरातमा ३३० जना मारिए

गाजामा इजरायलले फेरि थाल्यो भीषण आक्रमण, एकैरातमा ३३० जना मारिए


  • 1.1K
    Shares

    गाजामा इजरायलले फेरि थाल्यो भीषण आक्रमण, एकैरातमा ३३० जना मारिए
    images

    काठमाडौं । इजरायलले गाजामा फेरि भीषण आक्रमण थालेको छ । युद्धविराम लम्ब्याउने प्रयास असफल भएसँगै इजरायलले हवाई आक्रमण थालेको हो ।

    पछिल्लो आक्रमणबाट गाजामा एकैरातमा कम्तीमा ३३० जना मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये ५० र बालबालिका २८ महिला पनि छन् । दर्जनौँ घाइतेको अवस्था गम्भीर रहेको मन्त्रालयका प्रमुख मोहम्मद जाकतले बताएका छन् ।

    इजरायलका रक्षामन्त्री इजरायल काट्जले सबै बन्धकलाई रिहा नगरेसम्म लडाइँ जारी रहने बताएका छन् ।

    यसअघि, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा युद्धको मुख्य उद्देश्य हमासको सैन्य शक्ति नष्ट गरेर बन्धक फिर्ता ल्याउनु रहेको बताएका थिए ।

    इजरायलले गत जनवरी १९ यताकै भीषण आक्रमण गरेको बीबीसीले जनाएको छ । त्यतिबेला युद्धविरामको सहमति कार्यान्वयनमा आएको थियो ।

    इजरायलका प्रधानमन्त्री नेतान्याहुको कार्यालयले हमासले निरन्तरूपमा बन्धक रिहा गर्न र युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेपछि आक्रमण थालेको प्रतिक्रिया दिएको छ ।

    उता हमासले इजरायलले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । सर्वसाधारणमाथि आक्रमण गरिरहेको इजरायललाई मध्यस्थकर्ताले रोक्नुपर्ने हमासको माग छ ।

    बीबीसीको सहयोगमा ।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १४:२६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij