२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । शुक्रबार जनकपुरधामबाट सिरहाको लहानतर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका हुन् ।
बस बिसौनीमा रोक्ने क्रममा दुर्घटना भएको ढल्केवर प्रहरीका प्रहरी निरीक्षक जटाशंकर यादवले बताएका छन् । बसमा करिब ३०/३५ जना यात्रुहरु थिए । बस बिसौनीमा रोक्न खोज्दा बे्रकले काम नगरे पछि दुर्घटना भएको अनुमान प्रहरीले लगाएको छ ।
घाइतेहरुलाई ६ वटा एम्बुलेन्स र प्रहरी भ्यानमा राखेर उपचारका लागि विभिन्न अस्पतालहरुमा लगिएको प्रहरीले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij