Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सङ्घीय संसद् परिसरमा सांसदहरुको स्वास्थ्य परीक्षण

सङ्घीय संसद् परिसरमा सांसदहरुको स्वास्थ्य परीक्षण


  • 1.5K
    Shares

    सङ्घीय संसद् परिसरमा सांसदहरुको स्वास्थ्य परीक्षण

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सङ्घीय संसद् परिसरमा सांसदलगायत मर्यादापालक, कर्मचारी, सञ्चारकर्मीको स्वास्थ्य परीक्षण गरिएको हो ।

    सरकारले नसर्ने रोगहरुको पहिचानकालागि फागुन महिनालाई एक महिने अभियानको रूपमा सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्गत सांसदहरुको मधुमेह, उच्च रक्तचाप, मुगौलासम्बन्धी रोगका साथै शरीरको उचाइ र तौलको अनुपात परीक्षण गरिएको हो ।

    सांसदहरुले उक्त अभियानको प्रशंसा गरेका छन् । स्वास्थ्य परीक्षणमा सहभागी सांसद कल्पना मियाँ कुसारीले स्वस्थ खानपान र नियमित योगाले स्वास्थ्य ‘रिपोर्ट’ राम्रो आएको बताइन् । उनले भनिन्, “म स्वास्थ्यमा सजग छु । सरकारको यो कदम सराहनीय छ । यस्ता परीक्षण अझै दुरदराजका जनतामा लानुपर्छ ।”

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका ‘फोकल पर्सन’ तथा जनस्वास्थ्य अधिकृत दिपक भट्टले सर्वसाधारणलाई स्वास्थ्य परीक्षणमा प्रेरित गरिने बताए । उनका अनुसार आज र भोलि दुई दिन स्वास्थ्य परीक्षण संसद परिसरमा हुने छ । 

     

    images
    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १५:०८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij