Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रधानमन्त्री कप आजदेखि, लुम्बिनीका तीन रंगशालामा खेल

प्रधानमन्त्री कप आजदेखि, लुम्बिनीका तीन रंगशालामा खेल


  • 1.3K
    Shares

    प्रधानमन्त्री कप आजदेखि, लुम्बिनीका तीन रंगशालामा खेल

    बुटवल । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आज (आइतबार) देखि प्रधानमन्त्री कप (पिएम कप) एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।

    फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुँदैछन् । पीएम कपका खेलहरु सिद्धार्थ रंगशाला, भैरहवा, देउखुरी क्रिकेट स्टेडियम, दाङ र एक्स्ट्राटेक ओभल, तिलोत्तमामा हुने छन् ।

    आज पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश खेल्दै छन् भने एक्स्ट्राटेक ओभलमा बागमती प्रदेश र एपीएफ क्लब खेल्दैछन् । त्यस्तै देउखुरी क्रिकेट स्टेडियममा कर्णाली प्रदेश र सुदूरपश्चिम टिम खेल्दै छन् । पीएम कपको उपाधि अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । अहिलेसम्म नेपाल पुलिस क्लबले तीन पटक जितेको छ भने एपीएफ र त्रिभुवन आर्मीले २–२ पटक यो उपाधि जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब हो ।

    प्रकाशित मिति :फाल्गुण २५ २०८१ आइतवार - ०८:३४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij