२०८२ फाल्गुण २१ गते बिहिवार
अस्ट्रेलियालको पूर्वी तटीय क्षेत्रमा आँधीले तहसनहस पारेको छ।
अस्ट्रेलियाली अधिकारीहरूले स्थानीय समयअनुसार शनिबार साँझ क्विन्सल्यान्डको राजधानी ब्रिस्बेनमा अल्फ्रेड नामको आँधी जमिनमा बज्रिँदा बाढी आउने र रूख भाँचिने भएको बताएका छन्।
यस क्रममा बाढीको पानीमा एक जनाको शव फेला परेको र गाडीको ठक्करबाट १३ जना सैनिक घाइते भएको उनीहरूले बताएका छन्। आँधीको खतरा अझै टरिनसकेकाले स्थानीय बासिन्दालाई घरभित्रै बस्न र सतर्क रहन अधिकारीहरूले चेतावनी दिएका छन्।
आँधी आएको क्षेत्रका ३ लाखभन्दा बढी घरमा बिजुली अवरुद्ध भएको छ भने तीव्र हावाका कारण रूख भाँचिएका छन् भने बिजुलीका तार चुँडिएका छन्। सडकमा बाढीको पानी जमेको छ।
प्रहरीले शनिबार खोजी अभियानका क्रममा शुक्रबारदेखि बेपत्ता रहेका ६१ वर्षीय पुरुषको शव फेला परेको बताएको छ। उत्तरी न्यु साउथ वेल्सको डोरिगोमा उनको कार बाढीको पानीमा फसेको थियो।
‘शव हराएको व्यक्तिको जस्तो देखिन्छ’, प्रहरीले भनेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij