Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सबैजसो विदेशी मुद्रा महँगिए, कुन मुद्राको विनियमदर कति ?

सबैजसो विदेशी मुद्रा महँगिए, कुन मुद्राको विनियमदर कति ?


  • 1.8K
    Shares

    सबैजसो विदेशी मुद्रा महँगिए, कुन मुद्राको विनियमदर कति ?

    नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य भने बढेको छ। 

    विगत तीनदिसम्म लगातार घट्दै आएको अमेरिकी डलरको मूल्य आज बढेको हो। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ६९ पैसा छ।  हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ४४ पैसा थियो।

    गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ५० रुपैयाँ ०२ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ६६ पैसा कायम भएको छ। हिजो युरोपियन युरो १ को खरिददर १ सय ४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ९३ पैसा थियो।

    यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १ सय ७९ रुपैयाँ ८१ पैसा छ। पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७८ रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय ७८ रुपैयाँ ८८ पैसा थियो।

    त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा थियो। 

     

    Screenshot_2025-03-07_050318_OlWrDXArmy.png

    images
    प्रकाशित मिति :फाल्गुण २३ २०८१ शुक्रवार - ०७:३०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij