Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

स्कूल बन्द गर्ने कि नगर्ने बिषयमा स्वास्थ्य र शिक्षा मन्त्रालयको चल्यो जुहारी, मन्त्रिपरिषद पनि दोधारमा

स्कूल बन्द गर्ने कि नगर्ने बिषयमा स्वास्थ्य र शिक्षा मन्त्रालयको चल्यो जुहारी, मन्त्रिपरिषद पनि दोधारमा


  • 9.8K
    Shares

    स्कूल बन्द गर्ने कि नगर्ने बिषयमा स्वास्थ्य र शिक्षा मन्त्रालयको चल्यो जुहारी, मन्त्रिपरिषद पनि दोधारमा

    काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना बढे संगै त्यसको प्रभाब नेपालमा समेत देखिएको छ। नेपालमा  नयाँ ‘भेरियन्ट’ को कोरोना संक्रमण फैलिन थालेसँगै स्कूल बन्द गर्नेरनगर्ने भन्ने विषयलाई लिएर स्वास्थ्य र शिक्षामन्त्रालयबीच विवाद चुलिएको छ । स्कूल बन्द गर्ने भन्ने विषयमा स्वास्थ्य र शिक्षा मन्त्रालबीच समझदारी बन्न नसकेपछि यसमा मन्त्रिपरिषद समेत अनिर्णित बनेको छ ।

    संक्रमणसँग सम्बन्धित विज्ञहरुको सुझावका आधारमा स्वास्थ्य मन्त्रालयले गत बुधबार एक महिनाका लागि स्कूल बन्द गर्नुपर्ने सिफारिस कोभिड–१९ संकट व्यवस्थापन केन्द (सीसीएमसी) समक्ष पेश गरेको थियो।

    सीसीएमसीले उक्त सिफारिस मन्त्रिपरिषदमा पुर्‍याएकै दिन प्याब्सन, एनप्याब्सन, शिक्षक महासंघ, विश्वविद्यालयका पदाधिकारी लगायतले शिक्षा मन्त्रालयलाई तत्काल स्कूल बन्द नगर्न सुझाएका थिए। त्यसपछि स्थानीय तहसँग छलफल गर्न बाँकी नै रहेको भन्दै शिक्षा मन्त्रालयले स्कूल बन्द गर्ने स्वास्थ्य मन्त्रालयको सिफारिसमा सहमति जनाएको छैन।

    शिक्षा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार खासगरी निजी स्कूल सञ्चालक र तीसँग सम्बन्धित छाता संगठनहरुले तत्काल स्कूल बन्द नगर्न मन्त्रालयलाई चर्को दबाब दिएका छन्। ती अधिकारीले भने, ‘तत्काल स्कूल बन्द गर्ने भन्ने निर्णयमा हामीले सहमति जनाउन सकेका छैनौँ । स्कूल बन्द नगर्न हामीमाथि ठूलो दबाब छ। कतिपयले धम्की पनि दिएका छन् । सरोकारवालासँगको हाम्रो छलफल पनि जारी राखेका छौँ ।’

    यता प्याब्सनका अध्यक्ष टीकाराम पुरीले एकैचोटी विद्यालय बन्द गर्नु समस्याको समाधान नभएको निष्कर्ष आफूहरुको भएको दाबी गरे। उनले  भने,‘वास्तवमै कोरोनाबाट जोगिने हो भने सबै क्षेत्र बन्द गर्नपर्छ। सरकार त्यसमा सफल हुन सक्छरु नत्र स्कूल मात्रै बन्द गर भन्नु अव्यहारिक हो ।’

    पुरीले कोरोनाबाट जोगिन उच्च सतर्कतका साथ स्कूल सञ्चालन गर्नु नै अहिलेका लागि उचित र व्यवहारिक भएको बताए। उनले भने,‘ कोरोनाबाट बच्ने हामीसँग यथेष्ठ मापदण्ड छन्। भौतिक दूरी कायम गर्ने, आलोपालो पढाउने, आधा(आधा गरेर विद्यार्थी ल्याउने, सरसफाईमा ध्यान दिने, शिक्षकहरुले खोप लगाउने, स्वास्थ्यकर्मीको व्यवस्था गर्ने जस्ता मापदण्ड पूरा गरेमा पठपाठनमा अवरोध पुग्ने छैन ।’

    त्यसका लागि सरकारले पनि निरन्तर निगरानी गर्नुपर्ने उनको भनाई  छ। ‘हजारौँको भिड जम्मा गर्ने खेलकुद कार्यक्रम, बजारको भिडभाड, महल, रेस्टुरेन्ट, होटलको भिड, राजनीतिक कार्यक्रम,यातायातको क्षेत्रको भिडले कोरोना फैलाउँदैनरु त्यसतर्फ सरकारको ध्यान गएको छ तरु भारतबाट आएकालाई निगरानी गरिएको छरु के उनीहरुलाई क्वारेन्टिनमा बसालिएको छरु के उनीहरुको परीक्षण गरिएको छरु,’ पुरीको प्रश्न छ ।

    स्वास्थ्यको अडान
    तर स्वास्थ्य मन्त्री हृदश त्रिपाठी स्कूल बन्द गर्न अत्यावश्यक भइसकेको दाबी गर्छन् । उनले भने,‘ नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिसकेको छ। यसले बालबालिकालाई पनि संक्रमित बनाउन थालेको छ । स्कुल बन्द गर्नुपर्छ भन्नेमा स्वास्थ्य मन्त्रालय दृढ छ। खासगरी शहरी क्षेत्रका स्कूलहरुले अनलाइन क्लास गरेको खण्डमा ७ र८ लाख विद्यार्थीको जीवन जोगिन्छ। अर्थात २० प्रशित जनसंख्या आउजाउ बन्द हुन्छ ।’

    मन्त्री त्रिपाठीले नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण अझै बढ्ने सम्भावना रहेकाले बालबालिकालाई जोगाउने कर्तव्य स्कूलको भएको बताए। उनले भने,‘ हामीले गएको बुधबार नै स्कूल बन्द गर्नुपर्ने निष्कर्ष निकालेका थियौँ। त्यसैअनुसार सीसीएमसी हुँदै मन्त्रिपरिषद्सम्म हाम्रो स्कूल बन्द गर्नुपर्ने सिफारिस पुगेको छ । त्यो कार्यान्वयन हुने हाम्रो आशा छ ।’

    मन्त्री त्रिपाठीले १८ वर्षमुनिका बालबालिकाका लागि हालसम्म खोपको विकास पनि नभएकाले पनि उनीहरुले जोगाउने आफूहरुको पहिलो कर्तव्य भएको बताए। शिक्षा मन्त्रालयले स्कूल बन्द गर्नुपर्ने निर्णय दिन नसकेपछि स्वास्थ्य मन्त्रालयले पुनः चैत्र ३१ गते स्कूल बन्द गर्नुपर्ने सिफारिस सीसीएमसीसमक्ष पठाएको छ ।

    स्कूल बन्द गर्नेरनगर्नेमा शिक्षा र स्वास्थ्यको एकै मत हुन नसकेका बेला आफ्ना छोराछोरीको स्वास्थ्य र अध्ययन दुवै विषयको चिन्ता अभिभावकामा गहिरो बन्दैछ ।

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १४:१०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij