Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

आरुघाट गाउँपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा संचालन गर्ने

आरुघाट गाउँपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा संचालन गर्ने


  • 1.7K
    Shares

    आरुघाट गाउँपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा संचालन गर्ने
    images

    गोरखा। गोरखाको आरुघाट गाउँपालिकाले निशुल्क लोकसेवा आयोगको अनलाईन तयारी कक्षा संचालन गर्ने भएको छ । गाउँपालिकाले पालिका भित्रका योग्यता पुगेका युवायुवतीहरुलाई लोकसेवा आयोगमा प्रवेश गराउन सहयोग पुर्याउने उद्देस्यले निःशुल्क लोकसेवा आयोगको अनलाईन तथा भौतिक तयारी कक्षा संचालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले जानकारी दिए ।

    आरुघाट गाउँपालिका भित्र स्थायी रुपमा बसोवास गरिरहेका तथा योग्यता पुगेका ईच्छुक नागरिकले यहीँ माघ १५ गतेभित्र पालिकाको कार्यालयमै पुगेर वा गाउँपालिकाको इमेल ठेगानामा पनि आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाले लोकसेवा आयोगको अनलाईन कक्षा संचालनका लागि चालु आर्थिक वर्ष २०८१/०८२ मा कार्यक्रम बनाएर बजेट विनियोजन गरेको छ । आयोगको तयारी कक्षामा गाउँपालिकाको स्थायी बासिन्दा भएका नागरीकलाई प्राथमिकता दिने उनले बताए ।

    लोकसेवा आयोगको तयारी कक्षामा सहभागी हुन कम्तिमा एस.एल.सी/एस.ई.ई. उत्तीर्ण गरेको हुनुपर्नेछ भने १८ वर्ष पुरा भई पुरुषको हकमा ३५ तथा महिला र अपाङ्गहरुको हकमा ४० वर्ष ननाघेकाहरु लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ ।

    त्यस्तै महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, आर्थिक रुपले विपन्न खसआर्य, शहिद, बेपत्ता र द्वन्द्व पीडित तथा लोकसेवा आयोगको परीक्षाको दरखास्त फाराम भरी परीक्षाको तयारीमा र रहेका व्यक्तिहरुलाई तयारी कक्षामा विशेष प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ ।

    aarughat notice.jpg

    प्रकाशित मिति :माघ ४ २०८१ शुक्रवार - १९:००:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij