२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । चीनबाट अनुदानमा आएको कोभिड १९ विरुद्धको खोप अभियान पुन: सुरु भएको छ । चीनमा उत्पादित 'भेरोसेल' भ्याक्सिन दिन आजबाट सुरु गरिएको छ ।
निश्चित वर्गलाई आजबाट चिनियाँ खोप लिन सुरु भएको हो । जसअनुरुप चीनमा छात्रवृत्तिमा अध्ययन गर्न जाने विद्यार्थी, अत्यावश्यक सेवामा खटिएका कर्मचारी लगायतलाई खोप प्रदान गरिनेछ ।
काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रि वि शिक्षण अस्पताल लगायत १४ वटा स्वास्थ्य संस्थाबाट खोप प्रदान गरिँदैछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij