Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नवनियुक्त मन्त्री श्रेष्ठलाई बधाई एवं कोरोना कोषमा सहयोग हस्तान्तरण

नवनियुक्त मन्त्री श्रेष्ठलाई बधाई एवं कोरोना कोषमा सहयोग हस्तान्तरण


  • 8.6K
    Shares

    • images
    नवनियुक्त मन्त्री श्रेष्ठलाई बधाई एवं कोरोना कोषमा सहयोग हस्तान्तरण
    images

    काठमाण्डौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको मन्त्री पदमा नियुक्त भएकोमा लिलानाथ श्रेष्ठलाई बाल अधिकारको क्षेत्रमा काम गर्ने संजालहरुको तर्फबाट औपचारिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । 

    सोहि सन्दर्भमा विषयगत संजालहरुले संकलन गरेको रकम रु १,७०,००० को चेक मन्त्री मार्फत नेपाल सरकारको कोभिड १९ कोषका लागि हस्तान्तरण पनि गरिएको हो । सम्पूर्ण संजालको तर्फबाट नेतृत्व लिईरहेका एन.ए.सि.जि का अध्यक्ष कृष्ण चन्द्र आचार्यको नेतृत्वमा गएको एक टोलीले मन्त्री श्रेष्ठलाई औपचारिक बधाइ दिएको हो । 

    नवनियुक्त मन्त्री श्रेष्ठ लामो समयदेखि महिला, बालबालिका तथा जेष्ठ नागरिकको अधिकारको क्षेत्रमा काम गर्दै आइरहेका छन् ।  उक्त अवसरमा मन्त्री श्रेष्ठले नागरिक समाजसँग सम्वन्धित संघसंगठन तथा संजालहरुका साथै बाल अधिकारको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुसँग सहकार्यगरी भावी दिनहरुमा कार्यक्रमहरु संचालन गर्ने प्रतिब्द्धता व्यक्त गरे । 

    maa.jpg

    उक्त कार्यक्रममा बाल सहभागीतामा कार्यरत संस्थाहरुको साझा समुह (कन्सोर्टियम नेपाल), बाल बालिका शान्ति क्षत्र राष्ट्रिय अभियान, बालगृह संजाल नेपाल (सिनेट), महिला तथा बालबालिका बेचविखन विरुद्ध सहकर्मि समुह नेपाल, राष्ट्रिय बाल संरक्षण संजाल, बाल अधिकार समिति, यात्रामा रहेका बालबालिका अधिकार संरक्षण अभियान, समाहित शिक्ष मञ्च नेपाल लगाएतको संस्थाहरुको उपस्थिति रहेको थियो ।

     

     

    प्रकाशित मिति :मंसिर १४ २०७७ आइतवार - १६:४८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij