Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रथम त्रैमाससम्ममा सिटिजन्स बैंकको नाफा १९ करोड ८२ लाख रुपैयाँ, अन्य सूचक कस्तो ?

प्रथम त्रैमाससम्ममा सिटिजन्स बैंकको नाफा १९ करोड ८२ लाख रुपैयाँ, अन्य सूचक कस्तो ?


  • 1.7K
    Shares

    प्रथम त्रैमाससम्ममा सिटिजन्स बैंकको नाफा १९ करोड ८२ लाख रुपैयाँ, अन्य सूचक कस्तो ?

    काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८१//८२ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

    बैंकले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार पहिलो त्रैमाससमममा बैंकले आफ्ना अधिकांश प्रमुख वित्तीय सूचकहरुलाई बलियो बनाउँदै लगेको देखिएको छ । 

    साउनदेखि असोज मसान्तसम्मको अवधिमा बैंकले १९ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा बैंकको मुनाफा ५० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ३।५६५ ले बढेको छ । यता, असोज मसान्तसम्म यस बैंकको खराब कर्जा बढेर ५.४१६ प्रतिशत पुगेको छ । गत वर्ष यसै अवधिमा भने खराब कर्जा ३.९७ प्रतिशत रहेको थियो ।

    १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोषमा ६ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसाले घटेर ५ रुपैयाँ ५८ पैसा (वार्षिक) कायम भएको छ । गत वर्ष प्रतिसेयर आदानी ११ रुपैयाँ ३४ पैसा (वार्षिक) रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ  १५३ रुपैयाँ ६२ पैसा छ ।

    प्रकाशित मिति :कार्तिक ८ २०८१ बिहिवार - ०७:१५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij