Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कोरोनाबाट विदेशमा थप ६ जना नेपालीको मृत्यु

कोरोनाबाट विदेशमा थप ६ जना नेपालीको मृत्यु


  • 6.6K
    Shares

    • images
    कोरोनाबाट विदेशमा थप ६ जना नेपालीको मृत्यु
    images

    काठमाडौं । कोभिड–१९ (कोरोनाभाइरस)का कारण यो साता विदेशमा थप ६ जना नेपालीको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको मृत्यु भएको हो ।  

    गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा ४ जना, पोर्चुगलमा १ जना र युकेमा १ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

    शनिबार सााझसम्म  विभिन्न ४५ मुलुकमा ४७ हजार ५ सय ८३ जना गैरआवासीय नेपाली संक्रमित भएकोमा हालसम्म ४३ हजार ५ सय ७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितमध्येको ९१  प्रतिशत रहेको छ ।  
     
    हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ । तीमध्ये २ लाख ३० हजार ७ सय २३ जना कोरोना मुक्त भएका छन् ।

     

     

    प्रकाशित मिति :मंसिर १४ २०७७ आइतवार - १४:१९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij