Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

उच्चस्तरीय भ्रमण

प्रधानमन्त्री ओलीसहित २२ जनाको जम्बो टोली अमेरिका भ्रमणमा जाँदै, राज्यको ढुकुटीमाथि राइँदाइँ 

प्रधानमन्त्री ओलीसहित २२ जनाको जम्बो टोली अमेरिका भ्रमणमा जाँदै, राज्यको ढुकुटीमाथि राइँदाइँ 


  • 4.2K
    Shares

    प्रधानमन्त्री ओलीसहित २२ जनाको जम्बो टोली अमेरिका भ्रमणमा जाँदै, राज्यको ढुकुटीमाथि राइँदाइँ 
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण २२ सदस्यीय हुने भएको छ । 

    राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री सहितको टोली असोज ६ गते न्युयोर्क जान लागेको हो । जसलाई भदौ २० मा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

    भ्रमण दलमा प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री डा आरजु राणा देउवा छन् । यसैगरी, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नीजि सुरक्षा अधिकारी, श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य, स्वास्थ्य टीम र एकजना फोटोग्राफर हुनेछन् ।

    यस्तै, परराष्ट्र सचिव सेवा लम्साल, मन्त्रीका नीजि सुरक्षा अधिकारी र स्वकीय सचिव भ्रमणदलमा रहनेछन् । भ्रमण एक साताको हुनेछ । 

    नेपालबाट अमेरिका प्रस्तान गर्दा र फर्किँदा जति रकम लाग्छ त्यो राज्यले बेहोर्नुपर्छ । 

    प्रकाशित मिति :भाद्र २१ २०८१ शुक्रवार - ११:४८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij