Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

"कोभिड–१९ हिरो अफ यूएई" बाट ४७ जना नेपाली सम्मानित

"कोभिड–१९ हिरो अफ यूएई" बाट ४७ जना नेपाली सम्मानित


  • 6.6K
    Shares

    • images
    "कोभिड–१९ हिरो अफ यूएई" बाट ४७ जना नेपाली सम्मानित
    images

    यूएई । "कोभिड-१९ हिरो अफ यूएई"बाट ४७ जना नेपालीलाई यूएईमा सम्मान गरिएको छ । कोरोनाका कारण समस्यामा परेकाको उद्धार तथा राहत वितरणमा खटिएका ६ जना महिलासहित ४७ जनालाई सम्मान गरिएको हो । 

    जनता समाजवादी पार्टी र उसैको प्रवासमा रहेको भात्री संस्था अन्तर्राष्ट्रिय नेपाली समाज यूएईद्वारा कोरोना महामारीको समयमा संस्थागत तथा व्यक्तिगत रुपमा उद्धार र राहत वितरण तथा विभिन्न सेवा प्रदानका लागि खटिएकाहरुलाई सम्मान गरिएको हो ।

    शुक्रबार साँझ भर्चुअल रुपमा भएको कार्यक्रममा जनता समाजवादी पार्टीकी परिषद सदस्य हिसिला यमीले सम्मानित हुनेहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

    सम्मान कार्यक्रममा बोल्दै नेत्र यमीले कोरोनाका कारण नेपालमा ठूला राजनीतिक दल, नेता र राज्यनै निरीह बनिरहेको बेला परदेशमा रहेका नेपालीहरुले गरेको सहयोग र देखाएको सद्भाव अतुलनीय भएको जानकारी दिए ।

    एनआरएनए यूएईका प्रकाश कोईराला, पाशाङ शेर्पा, नेपाली समाजका गोविन्द ढकाल, सामाजिक अगुवा नरेश शेन, आशा लामा लगायतले बोल्नुभएको कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष बाबुराम लोप्चन र सञ्चालन बिनोदबाबु श्रेष्ठले गरेका थिए ।   

    प्रकाशित मिति :मंसिर १४ २०७७ आइतवार - १२:४८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij