Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै


  • 1.8K
    Shares

    राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै

    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब तरलता खिच्ने भएको छ । बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २१ दिनका लागि ४० अर्ब तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

    बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले नियमित तरलता खिचिरहेको छ । २०८० फागुनदेखि स्थायी निक्षेप सुविधा ल्याएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ ।

    बुधबार ३ बजेभित्र निक्षेप संकलन उपकरणमा लगानी गर्न इच्छुक बैंकले बोलकबोल पेस गर्नुपर्नेछ । ब्याजदर बोलकबोलबाट तय हुने र निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले सावाँ र ब्याज २ असोजमा फिर्ता पाउने केन्द्रीय बैंकले जनाएको छ ।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनको बोलकबोलमा निक्षेप बापत जम्मा गर्न चाहेको रकम र ब्याजदर ९दशमलव पछिको हकमा चार अंकसम्म० उल्लेख गर्नु पर्नेछ ।

    निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

    आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार समितिलाई रहने उल्लेख छ ।

    प्रकाशित मिति :भाद्र १२ २०८१ बुधवार - १६:२५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij