Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

चीनबाट आएको कोरोनाविरुद्धको खोप ४० देखि ५९ बर्षका व्यक्तिलाई लगाइने

चीनबाट आएको कोरोनाविरुद्धको खोप ४० देखि ५९ बर्षका व्यक्तिलाई लगाइने


  • 11.2K
    Shares

    चीनबाट आएको कोरोनाविरुद्धको खोप ४० देखि ५९ बर्षका व्यक्तिलाई लगाइने

    काठमाडौं । चीन सरकारबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको भेरोसेल खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वाधारको हिसाबले देशका विभिन्न अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई यो खोप दिने तयारी गरेको हो ।

    खोप दिने मिति सुनिश्चित भइनसकेको भएपनि अस्पतालको व्यवस्थापन टुंगो लागेसँगै चाँडै नै खोप दिइने मन्त्रालयको भनाई छ ।चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो ।

    उक्त खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट यही चैत १६ गते नेपालमा ल्याइएको थियो । यसअघि सरकारले दोस्रो खोप अभियानअन्तर्गत ६५ वर्षभन्दामाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेको थियो ।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १०:५९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij