Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता

बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता


  • 2.2K
    Shares

    बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता

    काठमाडौं । बडीगाड गाउँपालिका-१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ ।

    पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ ।

    पहिरवमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमलबुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परेको थियो । अरु तीन जना बालबालिकाको अवस्था भने अज्ञात रहेको बडीगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।

    पहिरोमा परी अन्य १० जना घाइते भएका छन् । तीमध्ये  गम्भीर घाइते १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको अध्यक्ष अधिकारीले जानकारी दिइन् ।

    प्रकाशित मिति :श्रावण २४ २०८१ बिहिवार - १०:२२:४८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij