Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

यस्तो रहनेछ आज राति देशभरको मौसम

यस्तो रहनेछ आज राति देशभरको मौसम


  • 3.1K
    Shares

    यस्तो रहनेछ आज राति देशभरको मौसम
    images

    हाल देशभर मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज राति देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। अनि कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

    साथै गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

    प्रकाशित मिति :श्रावण १९ २०८१ शनिवार - १९:५६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij