Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

शेखर रोकायाले निकाले उपसचिवमा एकै पटक ६ ठाउँबाट नाम

शेखर रोकायाले निकाले उपसचिवमा एकै पटक ६ ठाउँबाट नाम


  • 2.6K
    Shares

    शेखर रोकायाले निकाले उपसचिवमा एकै पटक ६ ठाउँबाट नाम
    images

    बझाङ स्थायी घर भएका शेखर रोकायाले उपसचिवमा ६ ठाउँमा नाम निकालेका छन् । २०६९ सालदेखि सरकारी सेवामा प्रवेश गरेका रोकायाले लोक सेवा आयोगले उपसचिव पदका लागि लिएको परीक्षामा एकै पटक ६ ठाउँमा नाम निकालेका हुन् ।

    उनले नेपाल प्रशासन सेवाको उपसचिव पदको खुला प्रतियोगितातर्फ सामान्य प्रशासन, लेखा र राजस्व समूह तथा आन्तरिक प्रतियोगितातर्फ पनि सामान्य प्रशासन, लेखा, राजस्व समूह गरी ६ ठाउँमा एकै पटक नाम निकालेका हुन् । विभिन्न ६ ठाउँमा नाम निकाले पनि राकायाले सामान्य प्रशासन समूहबाट नियुक्ति लिइसकेका छन् ।

    उनी बझाङको खप्तडछान्ना गाउँपालिका–७ गडरायका हुन् । सरकारी सेवाको १२ वर्षे अवधिमा देशका विभिन्न स्थानबाट सेवा दिइरहेका रोकाया अहिले उपसचिवको नियुक्तिपछिको तालिममा रहेका छन् ।२०७४ सालमा शाखा अधिकृत भएका रोकायाले आत्मविश्वास र दृढ लगन रह्यो भने लोकसेवा उत्तीर्ण गर्न सकिने समेत जनाए ।

    प्रकाशित मिति :आषाढ २४ २०८१ सोमवार - २०:१५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij