Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रदेश १ को प्रदेश सभा बैठक चैत २३ गतेका लागि आह्वान

प्रदेश १ को प्रदेश सभा बैठक चैत २३ गतेका लागि आह्वान


  • 6.9K
    Shares

    प्रदेश १ को प्रदेश सभा बैठक  चैत २३ गतेका लागि आह्वान

    विराटनगर । प्रदेश १ को प्रदेश सभाको बैठक बोलाइएको  छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न उनकै पार्टी एमालेका सांसदहरु तयार भएपछि चैत २३ गतेको लागि बैठक बोलाइएको हो ।  

    यस अघि चैत १ गते बैठक बसेपनि अनिश्चितकालका लागि स्थगित भएको थियो ।  त्यसो त मुख्यमन्त्री राईले गत बुधबार बसेको एमाले संसदीय दलको बैठकमा एक हप्ता भित्र अविश्वासको प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए ।  

    माघ ७ गते हिउँदे अघिवेशन सुरु भए पनि मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पुस १२ मा पेश भएको थियो । तर, संसदमा भने फागुन ९ गते टेबल भएको थियो ।  अविश्वासको प्रस्ताव टेबल भएपछि सरकार पक्षले नै बैठक बहिष्कार गर्‍यो ।   

    प्रकाशित मिति :चैत्र १५ २०७७ आइतवार - २०:२१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij