Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?


  • 7.4K
    Shares

    • images
    घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?
    images

    काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्यमा प्रति तोला ६ सय रुपैयाँको गिरावट आएको हो । 

    नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार, शुक्रवार छापावाल सुन प्रति तोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

    महासंघका अनुसार, शुक्रवार तेजाबी सुनको मूल्य प्रति तोला ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८६ हजार ४५० रुपैयाँ कायम भएको थियो । 

    यस्तै, शुक्रवार चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - ११:२१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij