Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

शौच च्यापेर रात कुर्नुपर्ने बाध्यता

शौच च्यापेर रात कुर्नुपर्ने बाध्यता


  • 2.5K
    Shares

    शौच च्यापेर रात कुर्नुपर्ने बाध्यता
    images

    कपिलवस्तु । “बिहान घाम नझुल्किँदै शौचालय गइसक्नु पर्छ दिउँसो दिसा लाग्यो भने त च्यापेरै बस्ने हो । कतिबेला अँध्यारो होला भनेर कुर्नुपर्ने बाध्यता छ । अब त रोक्ने बानी पनि परिसक्यो तर बिरामी हुँदा भने धेरै समस्या हुन्छ ।”

    यो पीडादायी अभिव्यक्ति कपिलवस्तु नगरपालिका–१२, बिठुवाका महिलाको हो तर यो उनीहरूको मात्र समस्या होइन बरु नेपालका तराई र पहाडका अधिकांश स्थानमा शौचालयको अभावमा सर्वसाधारणले बेहोर्नुपरेको लज्जास्पद पीडाको प्रतिनिधि भनाइ पनि हो । 

    सबैतिर सर्वसुलभ शौचालय छन् भन्ने मानेर २०७६ असोज १३ गते नै नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भइसकेको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र भएको घोषणा गर्नुभएको थियो । त्यस घटनालाई नेपाल यस मामिलामा दक्षिण एसियाली राष्ट्रहरूमा नै अग्रणी बनेको बताइएको थियो । 

    तर बिठुवा जस्तै शौचालय नभएका कपिलवस्तुका सयौँ बस्तीको समस्या एउटै छ । यसमा पनि अन्य घटनामा जस्तै महिला नै पीडित छन् जहाँ उनीहरूले शौच गर्न रात कुर्नु पर्छ । पुरुषलाई भने सजिलै छ लोटामा पानी लिएर जता भागे पनि भयो । महिलालाई कसैले देख्ला कि भन्ने डर हुन्छ । सुत्केरी र गर्भवतीका त दुःख अरू थपिने नै भए । 

    खास गरी मधेशी समुदायका बस्तीमा शौचालय भेट्न मुस्किल पर्छ । अभियानका व्रmममा बनेका शौचालय जीर्ण भई प्रयोगविहीन छन् । ट्वाइलेट सिट मात्र ह्वाङ्ग देखिन्छ । बनेका शौचालयमा गुइँठा दाउरा भण्डारका लागि प्रयोग गरिएको छ । सन् २०१३ सालमा निर्माण गरिएको वास योजना अनुसार ८९ हजार ८६१ घरधुरीमध्ये शौचालय नभएका ६५.६ प्रतिशत घरमा शौचालय निर्माण गर्ने लक्ष्य राखिएको थियो जसका लागि १७ करोड २६ लाख ५२ हजार रुपियाँ बजेट आवश्यक हुने अनुमान गरिएको थियो ।

    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कपिलवस्तुको तथ्याङ्क अनुसार खुला दिसामुक्त अभियानमा जिल्लामा ८६ हजार ७०२ घरमा शौचालय निर्माण भएको डिभिजन प्रमुख दिनेश शाह बताउनुहुन्छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार जिल्लामा २६ हजार ८३३ घरधुरी शौचालयविहीन रहेको छ । कुल एक लाख २१ हजार ६२१ घरमध्ये ४१ प्रतिशत सेफ्टीट्याङ्क र ३३ प्रतिशत पिट प्रयोग गरी शौचालय निर्माण भएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    प्रकाशित मिति :आषाढ ६ २०८१ बिहिवार - ०५:०४:२५ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij