Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

घट्यो सुनचाँदीको मूल्य, आज प्रतितोला कति ?

घट्यो सुनचाँदीको मूल्य, आज प्रतितोला कति ?


  • 5.4K
    Shares

    घट्यो सुनचाँदीको मूल्य, आज प्रतितोला कति ?

    काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि आइतबार सुन तोलामा १ लाख ३८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७५० रुपैयाँ थियो ।

    त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ३१ २०८१ सोमवार - ११:३९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij