Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

चाउचाउ खाँदा १२ वर्षीय बालकको मृत्यु

चाउचाउ खाँदा १२ वर्षीय बालकको मृत्यु


  • 10.6K
    Shares

    चाउचाउ खाँदा १२ वर्षीय बालकको मृत्यु

    काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको पीलभीतमा चाउचाउ खाएकै कारण एक १२ वर्षीय बालकको मृत्यु भएको दाबी गरिएको छ । चाउचाउ खाएपछि परिवारका ६ जना बिरामी भएका थिए । 

    अस्पतालमा उपचारका क्रममा बालकको भने मृत्यु भएको थियो । फूड प्वाइजनिङका कारण सबै जना बिरामी भएको आशंका गरिएको छ ।

    स्थानीयहरूको अनुसार पूरनपुर इलाकामा बिहीबार राति चाउचाउ र भात खाएपछि एकै परिवारका तीन बालबालिकासमेत ६ जना बिरामी भएका थिए । बिरामीहरूलाई निजी अस्पतालमा लगिएको भएपनि बालकको भने उपचारकै क्रममा निधन भयो ।

    बाँकी बिरामीको हालत भने स्थिर रहेको बताइएको छ । परिवारका सदस्यहरू चाउचाउको साथमा अन्य केही खानेकुरा खाएकोले बिरामी परेको हुन सक्ने खाद्य विभागका द्वितीय सहायक आयुक्त शशांक त्रिपाठीले भनेका छन् । यस मामिलाबारे छानबिन भइरहेको बताइएको छ । एजेन्सी

    प्रकाशित मिति :बैशाख ३१ २०८१ सोमवार - ११:२२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij