२०८२ भाद्र ९ गते सोमवार
भारतको मध्य प्रदेशमा पर्ने ग्वालियरमा मंगलबार बिहान ठूलो दुर्घटना भएको छ । त्यहाँको पुरानो छावनी इलाकामा बस र अटो रिक्सा ठोक्किँदा १३ जनाको मृत्यु भएको हो ।
ग्वालियर प्रहरीका अनुसार मृतकमा १२ महिला र एक पुरुष छन् । भारतीय सञ्चारमाध्यमका अनुसार राज्य सरकारले मृतकका परिवारलाई जनही ४ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij