Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आजको मौसम

काठमाडौंसहित विभिन्न भागमा वर्षा, यस्तो छ सोमबार र मंगलबारको मौसम

काठमाडौंसहित विभिन्न भागमा वर्षा, यस्तो छ सोमबार र मंगलबारको मौसम


  • 2.9K
    Shares

    काठमाडौंसहित विभिन्न भागमा वर्षा, यस्तो छ सोमबार र मंगलबारको मौसम

    काठमाडाैँ । हाल नेपालमा भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम  पूर्वानुमा महाशाखाले जानकारी दिएको छ।

    महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।  कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    पछिल्लो २४ घन्टामा बाराको अम्लेखगञ्जमा भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा १०५.८ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, इलाममा ८८.६,  मोरङको लेटाङमा ८५.४, सर्लाहीको पत्थर कोटमा ८४.८, नवलरपुरको देउरालीमा ९५.२, सप्तरीको बरमझियामा ६८.८ मिलिमिटर वर्षा मापन भएको छ।

    आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  देशका केही स्थानहरूमा मेघगर्जन चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    २०८१ वैशाख ३१ गते (सोमबार)

    दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिː कोशी प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    २०८१ जेठ ०१ गते (मंगलबार)

    दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशको बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिː कोशी प्रदेश र मधेश प्रदेशमा आंशिक देखि साधारणतया बदली रहि देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

    देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले  त्यस  क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

    प्रकाशित मिति :बैशाख ३० २०८१ आइतवार - ०६:०५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij