Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षक सेवा आयोगमा सरकारले हस्तक्षेप गरेको भन्दै कांग्रेसले गर्यो घोर विरोध

शिक्षक सेवा आयोगमा सरकारले हस्तक्षेप गरेको भन्दै कांग्रेसले गर्यो घोर विरोध


  • 12.0K
    Shares

    शिक्षक सेवा आयोगमा सरकारले हस्तक्षेप गरेको भन्दै कांग्रेसले गर्यो घोर विरोध

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले शिक्षक सेवा आयोगमा हस्तक्षेप गर्न लागेको भन्दै विरोध जनाएको छ । कांग्रेसको शिक्षा विभागले विज्ञप्ति जारी गरी गएको कात्तिक २२ मै विधिसम्मत भएको सिफारिस सरकारले रोक्न खोजेको भन्दै आपत्ति जनाएको हो ।

    “शिक्षक सेवा आयोग (नवौँ संशोधन) नियमावली, २०७१ अनुसार आयोगका पदाधिकारीको सिफारिस गर्न लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको छनोट समितिले मिति २०७७ कातिक २२ गते आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी र सदस्यमा डा। डिल्लीराम रिमाल र नन्दाकुमारी महर्जनलाई सिफारिस गरेको थियो । उक्त सिफारिसलाई परिवर्तन गर्न नेपाल सरकारका शिक्षामन्त्रीले पटक–पटक पदाधिकारी सिफारिस समितिका अध्यक्ष तथा सदस्यहरुलाई दबाब दिएकोमा नेपाली कांग्रेस शिक्षा विभागको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “उक्त सिफारिस रोक्नु निन्दनीय र खेदजनक कार्य हुनुका साथै अलोकतान्त्रिक कार्य हो । तसर्थ, शिक्षा ऐन २०२८ र शिक्षक सेवा आयोग नियामावली २०५७ बमोजिम शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति प्रक्रियालाई निःसर्त टुंगोमा पुर्‍याई राज्यको शिक्षाप्रतिको दायित्व जिम्मेवारीका साथ निर्वाह गर्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ ।”

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - १५:४५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij