२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । राजधानीको ठमेलबाट दुई जना चिनियाँ नागरिकसहित तीन जना पक्राउ परेका छन् ।
प्रहरीले हुन्डी कारोबार हुने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होबिन्द्र बोगटीले तीन जना पक्राउ परेको जानकारी दिँदै उनीहरू हुन्डी कारोबारमा संलग्न रहेको आशङ्कामा अनुसन्धान भइरहेको जानकारी दिए ।
उनका अनुसार ठमेलस्थित होटल ज्याङ्सुबाट सुरुमा एक जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको उनको साथबाट करिब ३५ लाख रुपैयाँ बरामद भएको छ ।
त्यसपछि ठमेलकै अर्को ठाउँबाट थप एक चिनियाँ नागरिक र अर्का एक नेपाली नागरिकलाई पनि नियन्त्रणमा लिइएको उनको भनाइ छ । उनीहरूको साथबाट करिब ९ लाख रुपैयाँ बरामद भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij