Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेप्सेले बन्द गर्यो एक नयाँ ब्रोकरको टिएमएस, लगानीकर्ता कारोबार गर्नबाट बन्चित

नेप्सेले बन्द गर्यो एक नयाँ ब्रोकरको टिएमएस, लगानीकर्ता कारोबार गर्नबाट बन्चित


  • 3.5K
    Shares

    नेप्सेले बन्द गर्यो एक नयाँ ब्रोकरको टिएमएस, लगानीकर्ता कारोबार गर्नबाट बन्चित

    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले एक नयाँ ब्रोकर कम्पनीको टिएमएस(ट्रेड म्यानेजमेन्ट सिस्टम) बन्द गरिदिएको छ। मासिक रुपमा तिर्नुपर्ने प्राविधिक शुल्क नतिरेका कारण उक्त ब्रोकर कम्पनीको टिएमएस बन्द गरिदिएको हो।

    ब्रोकर नम्बर ९२ रोड सो ब्रोकर कम्पनीको टिएमएस बन्द गरिदिएको हो। टिएमएस बन्द भए सँगै उक्त ब्रोकर कम्पनीबाट कारोबार गर्ने लगानीकर्ता दैनिक शेयर कारोबार गर्नबाट बन्चित भएका छन्र लगानीकर्ता कारोबारबाट बन्चित हुदा समेत उक्त ब्रोकर कम्पनी अझै नेप्सेको सम्पर्कमा नआएको नेप्सेका एक उच्च अधिकारिले जानकारि दिएका छन्।

    धिताेपत्र कारोबार संचालन (तेस्रो संशोधन) वियमावलि, २०७९ को बिनियम २१ को च मा निबेदन दस्तुर तथा शुल्क सम्बन्धि व्यवस्था छ। उक्त विनियमको उप विनियम ३ मा “कारोबार सदस्यले नेप्सेको कारोवार प्रणालीमा कारोवार व्यवस्थापन प्रणाली आबद्ध गरे बापत नेप्सेलाई अनुसुचि २ ग बमोजिमको मासिक प्राविधिक सेवा शुल्क बुझाउनु पर्छ” उल्लेख छ।

    त्यस्तो शुल्क कहिले बुझाउने भन्ने विषय पनि विनियमले बोलेको छ। विनियम अनुसार प्रत्येक त्रैमासिक अवधिको पहिलो महिनाको सात गते भित्र बुझाउनु पर्ने भनेको छ। उक्त अवधिमा पनि शुल्क नबुझाएमा नेप्सेले जुन सुकै बेला सेवा बन्द गर्न सक्ने विनियममा उल्लेख छ। सोहि नियम अनुसार नेप्सेले टिएमएस बन्द गरिदिएको जनाएको छ।

    रोड सोले माघदेखिकै शुल्क बुझाएको छैन। उसले तिर्नुपर्ने शुल्क र जरिवाना तिरेपछि मात्रै टिएमएस सुरचारु गर्ने नेप्सेको भनाई छ। कम्पनीले अब मासिक रुपमा तिर्नुपर्ने २५ हजार रुपैयाँ र जरिवाना शुल्क ५० हजार तिर्नुपर्ने हुन्छ। 

    प्रकाशित मिति :बैशाख २४ २०८१ सोमवार - १३:३०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij