Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आज बजारमा सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

आज बजारमा सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?


  • 3.1K
    Shares

    आज बजारमा सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको पाईएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज बैशाख २४ गते सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको हो । 

    महासंघको अनुसार अघिल्लो कारोबारको दिन अर्थात आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुनको मूल्य प्रतिततोला २ सय रुपैयाँले बढेर एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार हुने भएको छ । 

    यस्तै, अघिल्लो कारोबारको दिन अर्थात आइतबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला २ सय रुपैयाँले बढेर एक लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार हुने भएको छ । 

    यता, महासंघको अनुसार आज चाँदीको मूल्य पनि बढेको पाइएको छ । अघिल्लो कारोबारको दिन अर्थात आइतबार प्रतितोला १६ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १६ सय ६० रुपैयाँमा कारोबार हुने भएको छ । 

    प्रकाशित मिति :बैशाख २४ २०८१ सोमवार - ०९:३५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij