Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुनको मूल्य ११ सयले घट्यो, कति पर्छ तोलाको ?

सुनको मूल्य ११ सयले घट्यो, कति पर्छ तोलाको ?


  • 5.1K
    Shares

    सुनको मूल्य ११ सयले घट्यो, कति पर्छ तोलाको ?

    काठमाडौं । सुनको  मूल्य शुक्रबार प्रतितोला ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामा १ लाख ३५ हजार ४ सय रुपैयाँ मूल्य तय भएको छ ।

    अघिल्लो दिन १ लाख ३६ हजार ५ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते हालसम्मकै उच्च १ लाख ३९ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता मूल्य ३ हजार ९ सय रुपैयाँ घटेको छ ।

    त्यस्तै चाँदीको मूल्य शुक्रबार स्थिर रहेको छ । अघिल्लो दिनकै मुल्य प्रतितोला १ हजार ६४५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ । वैशाख ९ गते चाँदीको भाउ प्रतितोला १ हजार ७४० रुपैयाँसम्म पुगेको थियो ।

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - १०:०८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij