Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

यसरी पढ्ने गरे लोकसेवामा फ्याट्टै नाम निस्कने शाखा अधिकृतले दिए यस्ता टिप्स 

यसरी पढ्ने गरे लोकसेवामा फ्याट्टै नाम निस्कने शाखा अधिकृतले दिए यस्ता टिप्स 


  • 147.4K
    Shares

    यसरी पढ्ने गरे लोकसेवामा फ्याट्टै नाम निस्कने शाखा अधिकृतले दिए यस्ता टिप्स 
    images

    विशाल सापकोटा, शाखा अधिकृत नेपाल सरकार

    लोकसेवा अनुभव : भावनामा बहकिनेभन्दा अंकमा सीमित हुनुपर्छ

    सार्वजनिक सेवा प्रवेश सफलता पाउनेहरूका फरक– फरक अनुभव र कला हुन्छन् । मेरो पनि केही भिन्न पृष्ठभूमि छ ।  ३४ वर्ष उमेर भइसक्दासम्म म शिक्षण पेशामा थिएँ ।  पढाइमा मैले एमफिल पूरा गरेको थिएँ । साथीहरू निजामती सेवा प्रवेश गर्दा मात्र जीवन सार्थक हुने बताउँथे । उनीहरूको उत्प्रेरणाले मलाई लोकसेवा परीक्षामा सफल हुन सक्छु भन्ने आँट, साहस आयो । र लोकसेवा तयारी गर्ने निधो गरेँ । साथी विनोद सुवेदीले सेलेबस, पाठ्यपुस्तक र अन्य पाठ्यसामाग्री संकलनमा सहयोग गर्नुभयो । मेरा साथी सजिलै पास गर्न सक्छस् भनेर उत्साहित गराउँथे । यहीबाट मेरो लोकसेवा तयारी अभियान सुरु भयो । तर, लोकसेवा तयारी गर्दा थुप्रै समस्या थिए ।

    अवरोध

    मेरो उमेर ३४ वर्ष पुगिसकेको थियो । पहिलोपटक लोकसेवा तयारी गर्दै थिएँ । पास हुन नसक्दा पुनः अर्कोपटक परीक्षा दिन उमेर बाँकी थिएन । परीक्षा आउन पनि मात्र ६ महिना बाँकी थियो । मावि शिक्षक र संस्थाको कार्यकारी निर्देशकको भूमिकामा थिएँ । अन्य विभिन्न करिब आधा दर्जन संस्थाको जिम्मेवारी थियो ।

    यसरी गरेँ तयारी 

    जब मैले सार्वजनिक सेवा प्रवेश गर्नुपर्छ भनेर दृढ संकल्प गरें, मैले आफ्नो पनि लगानी  बाहेकका संस्थाहरूसँगको आबद्धताबाट एक हप्ताभित्रै बाहिर आएँ । लोकसेवा पास गरिसकेका केही साथीसँग कसरी तयारी गर्ने भन्ने अनुभव लिएँ । बजारका पुस्तक संकलन गरी घरमै बसेर छोटो–छोटो नोट बनाएर घोक्न थाले । प्रमुख दैनिक पत्रिका नियमित पढ्थेँ । दैनिकजस्तो प्रश्न बनाउने र त्यसको उत्तर लेखी आफैं जाँच्ने गर्थे । साथीलाई देखाउँथे ।

    मलाई ऐन नियमका मिति याद हुन सकेको थिएन । मिति गल्ती हुने गरेकाले एकजना अग्रजले मिति नलेखी ऐन नियमको नाम मात्रै लेख्न सुझाब दिनुभयो । त्यस्तै गरें । एक्लैको तयारीले आफ्ना कमजोरी पत्ता नलाग्ने भएकाले आफ्ना अग्रज र अनुभवीसँगको नियमित पृष्ठपोषण अमृत समान हुने रहेछन् ।

    विषयगत परीक्षाको पहिलो पत्र दिएर बाहिर निस्किएपछि अन्य परीक्षार्थीको लेखाइको कुरा सुन्दा भोलि र पर्सिपल्टको परीक्षा दिन आवश्यक नभएको ठहर गरेँ ।  तर, साथीकै जिद्दीले बाँकी परीक्षा दिएँ । अन्ततः पास भएँ ।

    धेरै पढिराख्दा बीच–बीचमा अब पढ्नै सक्दिनँ, वर्षौदेखि पढेका कत्ति छन् कत्ति, म कसरी पास गरुँला भन्ने लाग्थ्यो । तीन–चारपटक त पढ्न छोड्ने मनस्थिति पनि बनाएँ । तर, मित्र विनोद सुवेदीले मलाई पढ्न उत्प्रेरित गरिरहनुहुन्थ्यो । म छिटो लेख्न सक्ने भए पनि हस्तलेखनलाई सुधार गर्न घरमा अभ्यास गर्दा पनि राम्रो अक्षरले बिस्तारै लेखेर अभ्यास गर्ने गर्थेँ । पढेका कुरा सुतेका बेला, हिँडेका बेला, गाडीमा चढेका बेला, किचनमा र ट्वाइलेटमा बसेका बेला सम्झन खोज्थेँ । सम्झनामा आउन नसकेका कुरा तुरुन्त गएर हेर्थेँ । परीक्षानजिकै आउन थालेपछि तयारी कक्षा गराउने स्थानमा गएर तिनले लिने परीक्षामा समावेश भई फिडब्याक कक्षामा बसी कुरा सुन्थेँ । परीक्षामा फाराम भर्ने र बजारमा देखिने संख्यासँग आत्तिनु नहुने रहेछ ।

    विषयगत परीक्षाको पहिलो पत्र दिएर बाहिर निस्किएपछि अन्य परीक्षार्थीको लेखाइको कुरा सुन्दा र आफूले लेखेको सम्झिँदा भोलि र पर्सिपल्टको परीक्षा दिन आवश्यक नभएको ठहर गरेँ ।  तर, साथीकै जिद्धीले बाँकी परीक्षा दिएँ । अन्ततः पास भएँ । अहिले लाग्छ लोकसेवा पास गर्न आवश्यक अनिवार्य शर्त भनेको धैर्यता र पढाइमा थिग्रिराख्न सक्नु रहेछ ।

    लोकसेवामा एक पत्र वा एक उत्तर मात्र राम्रो भएर लोकसेवा पास हुँदैन । सबै पत्र र उत्तरलाई अंकभारसँग तालमेल मिलाइ पढ्ने र लेख्ने गर्नुपर्छ । लोकसेवा भनेको समय व्यवस्थापनको पर्याय हो भन्दा पनि अत्युक्ति नहोलाजस्तो लाग्छ । परीक्षामा जानेका भन्दा मागेका उत्तर लेख्नुपर्छ । भावनामा बहकिनेभन्दा अंकमा सीमित रहने बानी विकास गर्नुपर्छ । लोकसेवाको परीक्षामा सफलता हाँसिल गर्न ‘मैले यो परीक्षा पास गर्नै पर्छ’ भन्ने दृढ संकल्प र उपलब्धिलाई देख्नसक्ने अर्जुनदृष्टि आवश्यक पर्छ ।

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - १३:१५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij