२०८२ कार्तिक २३ गते आइतवार
काठमाडौं । नेकपा (एमाले)ले आफ्नो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा अतिथिका रूपमा सहभागी हुन् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई निमन्त्रणा दिएको छ ।
एमालेका सचिव योगेश भट्टराईले देउवाको बुढानीलकण्ठस्थित निवासमै पुगेर पार्टीको तर्फबाट निमन्त्रणा दिएका हुन् ।
एमालेको प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज हलमा शनिबारबाट सुरु हुँदैछ । एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचित महाधिवेशन प्रतिनिधिहरू भेलामा सहभागी हुँदैछन् ।
सो अवसरमा सचिव भट्टराईसँगै बुढानीलकण्ठका नगरप्रमुख मिठाराम अधिकारी, एमालेका काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौला, एमाले बुढानीलकण्ठ नगर अध्यक्ष प्रदीप डंगोल र वडा नम्बर–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ समेत उपस्थित थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij