Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

प्रदेश सरकार

प्रतिपक्षीको विरोधकैबीच गण्डकी प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे अन्योल 

प्रतिपक्षीको विरोधकैबीच गण्डकी प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे अन्योल 


  • 2.3K
    Shares

    प्रतिपक्षीको विरोधकैबीच गण्डकी प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे अन्योल 
    images

    काठमाडौं । गण्डकी प्रदेशसभाको बैठक आज (शुक्रबार) बस्दैछ । 

    उक्त प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा आज दिनको ३ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गरेका छन् । 

    नियुक्तिदेखि नै विवादस्पद रहेको मुख्यमन्त्री खगराज अधिकारीको सरकारले प्रदेशसभाको बैठक बोलाएको विषय पनि विवादित बनेको छ ।

    गत चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारीको नियुक्ति विवादमा रहेको छ । बहुमतसहित मुख्यमन्त्रीमा दाबि गर्नेक्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै उनको नियुक्ति अहिले विवादमा रहेको छ । 

    उनको नियुक्तिको विषयमा सर्वोच्च अदालतले वैशाख १० गते पूर्ण सुनुवाइ गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

    सर्वोच्चको अन्तिम फैसलापछि मात्र उनको सरकारको भविष्य तय हुने भएको छ । तर मुख्यमन्त्री अधिकारीले भने सर्वोच्चको सुनुवाइ अघि नै विश्वासको मत लिने तयारीमा लागेपछि यसको विरोध समेत सुरु भएको छ । 

    विश्वासको मत लिने गरि बैठक बोलाइएको भएपनि अहिलेसम्म मुख्यमन्त्री अधिकारीले आजको बैठकमा विश्वासको मत लिनेबारे प्रदेशसभालाई जानकारी नदिएको बुझिएको छ ।

    अर्कोतर्फ नेपाली कांग्रेसले भने प्रदेश सभाको बैठक बोलाइएकोप्रति आपत्ति जनाउदै गैरसंबैधानिक भनेको छ । कांग्रेस र राप्रपाले आजको बैठक बहिष्कार गर्ने तयारी गरेको बताइएको छ ।

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - ०९:१८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij