२०८२ फाल्गुण २३ गते शनिवार
संयुक्त अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक नेपालीको मृत्यु भएको छ। आबुधाबीस्थित नेपाली दूतावासका अनुसार बाढीमा परी भरतपुरका मोहन पुनको मृत्यु भएको हो।
यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुलनजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ। दूतावासका अनुसार उनी सोही स्थानमा रहेको वेल क्याफे रेस्टुरेन्टमा काम गर्थे।
यूएईमा दुई दिनदेखि जारी भारी वर्षाका कारण बाढी आइरहेको छ। बाढीका कारण यूएईका सरकारी कार्यालय बन्द रहेको जानकारी पनि दूतावासले दिएको छ। सरकारी कार्यालय बन्द भएका कारण मृतक नेपालीका विषयमा थप जानकारी लिन नसकिएको दूतावासले जनाएको छ।
पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij